काठमाडौं– कोरोना संक्रमणका कारण पाँच जनाको मृत्यु भएको छ । जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो चौबिस घण्टामा नेपालमा पाँच कोरोना संक्रमितको मृत्यु भएको हो । याेसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७० जना पुगेको छ ।
त्यस्तै, आज ४ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । याेसँगै संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ । आज ४ सय २५ जना संक्रमित डिस्चार्ज भएका छन् । याेसँगै डिस्चार्ज हुनेको संख्या १५ हजार ८ सय १४ पुगेको छ ।
सरकारले लकडाउन खाेलेसँगै नेपालमा संक्रमण दर र मृत्युदर बढेकाे छ । यसैकारण स्थानीय तहले संक्रमित धेरै रहेका ठाउँमा कर्फ्यु गर्न थालेका छन् ।