काठमाडौं– नेपालमा ३ सय ७८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो चौबिस घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन् । योसँगै कुल संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ ।
आज ४ सय ९९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १६ हजार ३ सय १३ पुगेको छ ।
पछिल्लो चौबिस घण्टामा तीन संक्रमितको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ७३ पुगेको छ । लकडाउन खोलेसँगै संक्रमण र मृत्युदर बढ्दै गएको छ । तैपनि भीडभाड कायमै रहेकाले स्थानीय तहले कडाइ गर्ने नीति लिएको छ ।