एजेन्सी - यूईएफए च्याम्पियन्स लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना र बार्यर्न म्युनिख विजयी भएका छन् ।
प्रतियोगिताको राउन्ड अफ १६ को दोस्रो लेगमा बार्सिलोना नेपोलीलाई ३–१ गोलले पराजित गर्यो । लेगको पहिलो र दोस्रो गरी बार्सिलोनाले ४–२ को जित निकाल्दै क्वाटरफानल प्रवेश गरेको छ भने नेपोली घर फर्केको छ ।
खेलमा बार्सिलोनाले खेलको दशौँ मिनेटमा नै लिओनेल मेस्सीको गोलमा अग्रता बनायो । त्यस्तै मेस्सीले नै २२ औं मिनेटमा गोल गर्दै व्यक्तिगत र क्लबको अग्रता दोब्बर बनाए ।
खेलको नेपोलीका कालिडु कौलिबालीले ४१ औं मिनेटमा मेस्सीलाई फल गर्दा बार्सिलोनाले पेनाल्टी पायो । उक्त पेनाल्टीलाई लुइस सुआरेजले गोलमा परिणत गरे ।
नेपालीले पनि खेलको पहिलो इन्ज्यसरी समयमा सान्त्वना गोल गर्यो । बार्सिलोनाको मिडफिल्डर राकीटिचले नेपालीका मर्टेन्सलाई फल गरेपछि पेनाल्टीे पाएको नेपोलीले कप्तान इन्सिग्नेको सहायतामा गोल गरेको थियो ।
त्यस्तै गत राति भएको प्रतियोगितामा बायर्नले चेल्सीलाई हराएको छ । बायर्नले पहिलो लेगमा ३–० र शनिबार भएको लेगमा ४–१ को जित हासिल गरेपछि समग्रमा ७–१ को जित निकाल्दै लिगको क्वाटरफाइनलमा गएको हो ।
खेलमा बायर्नले खेलको १० औं मिनेटमा नै अग्रता बनायो । चेल्सीका विलफ्रेडो काभालेरोले बार्यनका लेवान्डोस्कीलाई फल गरेपछि बार्यनले पेनाल्टी पायो । उक्त अवसरलाई लेवान्डोस्कीले सदुपयोग गरे ।
२४औं मिनेटमा इभान पेरिसिसले बायर्नको अग्रता दोब्बर पारे । प्रतिस्पर्धात्मक बनेको खेलमा ४४ औं मिनेटमा चेल्सीका टम्मी अब्राहमले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए ।
खेलको ७६ औं मिनेटमा कोरेन्टिन टोलिसोले र ८३ औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि बायर्नले ४–१ को जित निकाल्यो ।
अब क्वाटरफाइनलका लागि स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बार्यन म्यनिख भिड्ने छन् ।