काठमाडौँ, ३ फागुन – आस्थाका आधारमा विश्वविद्यालयका पदाधिकारीलाई हटाउने प्रक्रिया तत्काल बन्द गर्नुपर्नेलगायतका विभिन्न ५ बुँदे माग पेश गर्न बिहिवार विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका प्रजातान्त्रवादी प्राध्यापक संघका प्रतिनिधिलाई भेट्न प्रधानमन्त्री केपी शर्माले ओलीले अस्वीकार गरेका छन्।
आफूहरुका मागबारे ध्यानाकर्षण गराउन ठुलो संख्यामा प्राध्यापकहरु प्रधानमन्त्री निवास अगाडि सडकमा भेला भएका थिए।प्रधानमन्त्रीको सचिवालयमा कुराएपछि प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारीले प्रधानमन्त्रीसँग भेट गर्ने समय नभएको जनाउँदै आफूहरुलाई फर्काइ दिएको प्राध्यापकहरुले बताएका छन्।