काठमाडौं– त्रिभुवन विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहका परीक्षा फेरि स्थगित गरेको छ । कोरोना संक्रमण दर बढ्दै जाँदा देशका विभिन्न ठाउँ निषेधाज्ञा जारी गरिएकाले त्रिविले आज सूचना निकालेर परीक्षा स्थगित गरेको हो ।
त्रिविको सूचनामा उल्लेख छ, ‘भाद्रको दोस्रो हप्तादेखि सञ्चालन हुने भनिएका सम्पूर्ण परीक्षाहरु अर्को सूचना नभएसम्मका लागि स्थगित ।’
त्रिविले यसअघि भाद्र दोस्रो सातादेखि कोभिड–१९ का कारण स्थगित सम्पूर्ण परीक्षा गर्ने भन्दै सूचना निकालेको थियो ।