काठमाडौं– जेठको अन्त्यमा बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपूत मृत अवस्थामा भेटिए । बान्द्रास्थित आफ्नै घरमा भेटिएको उनको शव परीक्षण पछि प्रहरीले सुशान्तले आत्महत्या गरेको पुष्टि गरेको थियो ।
सुशान्तको मृत्यु भएको झन्डै एक महिनापछि उनकी एक पूर्वसहयोगीले सुशान्तले आत्महत्या नगरेको बताएकी छिन् । अंकिता आचार्य नाम गरेकी ती पूर्वसहयोगीले सुशान्तको घाँटीमा कुकुर बाँध्ने डोरी रगडिएको बताएकी छन् ।
आफूले सुशान्तलाई राम्रोसँग चिनेको भन्दै उनले आत्महत्या गर्नै नसक्ने बताएकी छिन् । अंकिताले सुशान्तको आत्महत्या नभएर हत्या भएको दाबी गर्दै यस विषयमा आफू जहाँ गएर पनि तर्क गर्न सक्ने बताएकी छन् ।