बनेपा– कोभिड–१९ को संक्रमण बढ्दै गएको अवस्थामा पूर्वसावधानी काठमाडौं विश्वविद्यालयले आजदेखि १५ दिनका लागि बिदा दिएको छ ।
विश्वविद्यालयका रजिस्ट्रार प्राडा. सुबोध शर्माले सोमबार सूचना जारी गर्दै कोभिड–१९ को संक्रमण बढ्दै गएका कारण काठमाडौं उपत्यकालगायत काभ्रेपलाञ्चोक जिल्लाका धुलिखेल र बनेपा नगरपालिका क्षेत्रमा पनि संक्रमण बढ्ने सम्भावना दृष्टिगत गरी पूर्वसावधानी स्वररूप आजदेखि काठमाडौं विश्वविद्यालय मातहतका स्कुल (अत्यावश्यक र स्कूल अफ मेडिकल साइन्सेजबाहेक) सेवा १५ दिनसम्मका लागि स्थगन गरिएको बताए ।
विश्वविद्यालय स्थगन भए पनि अनलाइनबाट हाल जारी पठनपाठन भने सञ्चालन हुने जनाइएको छ ।