काठमाडौं– कोरोना संक्रमणका कारण चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो चौबिस घण्टामा नेपालमा कोरोना संक्रमणका कारण चार जनाको मृत्यु भएको हो ।
धनुषाका ६० वर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा, धनुषाकै ५० वर्ष पुरुषको क्यान्सर अस्पतालमा, काभ्रे ५० वर्षीया महिलाको किस्ट अस्पतालमा र सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुषको शिक्षण अस्पताल महराजगन्जमा मृत्यु भएको हो । योसँगै मृतकको संख्या ८३ पुगेको छ ।
त्यस्तै ६ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ । नेपालमा आजै १ सय ७१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १६ हजार ६ सय ६४ पुगेको छ ।