मस्को– रुसमा बनेको कोभिड–१९ विरुद्धको खोप परीक्षण गरिएको छ । रुस राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीमा सो खोप परीक्षण गरिएको हो ।
आफ्नी एउटी छोरीले खोपको परीक्षणका लागि एक मात्रा प्रयोग गर्ने सौभाग्य पाएको भन्दै रुसी राष्ट्रपतिले खुसी व्यक्त गरेका छन् । ‘मेरी छोरीमध्ये एक छोरीलाई खोप दिइयो । वास्तवमा उनले एक प्रयोगमा भाग लिइन् । पहिलो खोप लगाएपछि उनको शरीर ३८ डिग्री सेल्सियस ९१०० डिग्री फरेनहाइट पुगेको थियो । तर भोलिपल्ट तापक्रम केही कम तर ३७ डिग्रीभन्दा माथि रहेको थियो ।’
पुटिनले सो खोपको उत्पादन सुरु गर्ने बताएका छन् ।