काठमाडौं - १३ औँ सागमा स्वर्ण जित्ने २ पाकिस्तानका खेलाडीले निषेधित पदार्थ सेवन गरेको पाइएको छ । उनीहरु डोपिङ परीक्षणमा असफल भएका छन् ।
नेपालमा गतवर्ष मङ्सिर १५ देखि २४ गतेसम्म भएको १३ औँ सागमा सहभागी १०० मिटर हर्डल्समा स्वर्ण जितेका मुहम्मद नहिम र ४०० मिटर हर्डल्समा स्वर्ण जितेका मेहबुब अलीको डोपिङ पोजेटिभ पाइएको हो ।
यो कुरालाई उनीहरुले स्वीकारेको नेपाल ओलम्पिक कमिटीले विज्ञप्तिमार्फत जनाएको छ । दुवै खेलाडीलाई सन् २०१९ डिसेम्बर २ तारिखदेखि सन् २०२३ डिसेम्बर २ तारिखसम्मका लागि निलम्बन गरिएको छ भने नदिम र अलीको स्वर्ण पदक पनि खोसिएको छ ।
विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) को नियमानुसार सागमा सहभागी खेलाडीको डोपिङ टेस्ट गरिएको थियो । यस क्रममा दुवै खेलाडीले निषेधित पदार्थ सेवन गरेको पाइएको हो ।
दुई स्वर्ण खोसिएपछि अब पाकिस्तानका नाममा ३० स्वर्णमात्र भएको छ । १३ औँ सागमा पाकिस्तानले ३० स्वर्णसहित १३२ पदक जितेका थियो । रासस