काठमाडौं - कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा नै फैलिएपछि बुटवल उपमहानगरपालिकाले बुटवल लकडाउन गरेको छ ।
उपमहानगरपालिकाको आज बसेको बैठकले यो निर्णय गरेको हो । लकडाउन आगामी भदौ ५ गतेसम्म हुनेछ ।
कोरोनालाई मानिसले सामान्य ढंगले लिन थाल्दै भीडभाड गरेपछि उपमहानगरपालिका यो कदम चालेको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्यले बताइन् ।
अत्यावश्यक स्थान बाहेक अन्य सबै क्षेत्र ठप्प हुने उनले बताइन् । उपमहानगरपालिकाले भोलि बिहीबार राति १२ बजेसम्म बुटवलमा बाहिर जान र आउनका समय दिएको छ ।