काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी विराटनगर– ८ ले बुधबार कोरोना सङ्क्रमित भएर होम आइसोलेसनमा बसेकाहरुलाई स्वास्थ्य सामग्री तथा घरेलु औषधि वितरण गरेको छ ।
नेकपाले सङ्क्रमित बसेको घरमा पुगेर स्यानेटाइजर, मास्क तथा पाञ्जा वितरण गरेको वडा कमिटी अध्यक्ष राम पोखरेलले जानकारी दिए ।
यसैगरी घरेलु औषधि गुर्जो, दालचिनी, अदुवा, बेसार वितरण गर्नुका साथै सङ्क्रमित बसेको घरलाई निर्मलीकरण गरेको उनले बताए ।विराटनगर–८ मा १७ जना कोरोना सङ्क्रमित होम आइसोलेसनमा बसेका छन् । रासस