एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा एटलान्टालाई २–१ गेलले हराउँदै पीएसजी सेमिफाइनलमा पुगेको हो । खेलको अन्तिममा उत्कृष्ठ कम ब्याक गर्दै पीएसजीले खेल जितेको हो ।
सुरुदेखि नै अग्रता लिएको एटलान्टाले खेलको अन्तिम सयममा आफुलाई सम्हाल्न नसक्दा राउन्ड अफ १६ बाट बाहिरिन परेको हो ।
खेल अवधिभर पीएसजीलाई लिड गरेको एटलान्टाले खेलको अन्तिम मिनेटमा र इन्ज्युरी समयमा गोल खान पुग्यो ।
प्रतियोगितामा एटलान्टाका मारियो पासालीचले खेलको २६ औं मिनेटमा गोल गर्दै क्लबलाई अग्रता दिलाएका थिए ।
पीएसजीका मार्किन्हसले ९० मिनेटमा र थप समयको ३ मिनेटमा चुपो मोटीङले गोल गरेपछि एटलान्टा पराजित भएको हो ।
जितसँगै सेमिफाइनलमा स्थान बनाइको पीएसजीले अब फाइनल प्रवेशका लागि एटलेटिको म्याड्रिड र आरबी लाइप्जिगबीचकोे विजेतासँग भिड्ने छ ।