काठमाडौं - तनहुँको देवघाट गाउँपालिकाका एक साताका लागि सिल गरिएको छ । दुई जनामा कोरोना पुष्टि भएपछि आजदेखि गाउँपालिका सिल गरिएको हो ।
सङ्क्रमित व्यक्तिहरु धार्मिक भएकाले धेरैको सम्पर्कमा रहेकाले गाउँपालिका सिल गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए ।
देवघाट गाउँपालिका–५ का ५४ र ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । त्यस्तै भानु नगरपालिका र बन्दीपुर गाउँपालिकामा पनि मङ्गलबार दुई जना व्यक्तिलाई कोरोना पुष्टि भएको थियो ।
भानु नगरपालिकाले मङ्गलबारदेखि नै एक साताका लागि नगरक्षेत्र सिल गरिसकेको छ । यसैगरी देवघाट क्षेत्र विकास समितिका अध्यक्षलाई कोरोना पुष्टि भएपछि क्षेत्र विकास समितिको कार्यालय आजदेखि बन्द गरिएको छ । रासस