काठमाडौं - पनिर क्याल्सियमको एक राम्रो श्रोत हो । त्यसैले पनिरलाई क्याल्सीयमको राजा पनि भन्ने गरिन्छ ।
यसको नियमित सेवनले तपाईको दाँत तथा हड्डीलाई बलियो बनाउनुको साथै स्वस्थ पनि बनाउँछ । क्याल्सियम बाहेक पनिरमा पर्याप्त मात्रामा भिडामिन डी पाइन्छ ।
यसले दाँतको छिद्रमा हुने किटाणुलाई नष्ट गर्न सहयोग गर्छ । पनिरमा ल्याक्टोजको मात्रा कम हुने भएकाले गुलियोका कारण दाँतमा हुने विकार तत्वलाई हटाउँछ ।
पनिरको नियमित सेवनले शरीरमा रगतको मात्रा बढाउँछ भने यसले रक्तअल्पताबाट हुनबाट बचाउने काम गर्छ । यसले कलेजोलाई स्वस्थ राख्दैै मधुमेहको खतरालाई पनि कम गर्छ ।
बढ्दो उमेरसँगै देखिने पेटको समस्यालाई पनि यसले समाधान गर्छ भन पिठ्युँ तथा जोर्नी दुख्ने समस्या भएकालाई पनि राहत दिन्छ । पनिर खानाले क्यानसरको खतरालाई कम गर्दछ ।
यसले पेटको क्यानसर, क्लोनको क्यानसर र ब्रेस्ट क्यानसरको उपचारमा पनि महत्वपुर्ण भुमिका खेल्छ । त्यस्तै डाइबेटिजका रोगीहरुले दिनुहँ पनिर खाएमा स्वास्थका लागि फाइदा हुनेछ ।
पनिरमा अध्याधिक डायट्री फाइबर हुन्छ । जसले पाचन प्रणलीमा महत्वपुर्ण काम गर्दै पाचनतन्त्र सुचारु गर्नका लागि मदत गर्छ ।