एजेन्सी - ट्वीटरले विश्वव्यापी रूपमा एक नयाँ फिचर्स (सुविधा) जारी गरेको छ । ट्वीटरले आफ्नो प्रयोगतकर्ताहरुको प्राइभेसीलाई मध्यनजर गर्दै नयाँ फिचर्स थप गरेको हो ।
ट्वीटर प्रयोगकर्ताहरुको अकान्ट सुरक्षित तथा गोप्य राख्नको लागि आफुहरुले लिमिट रिप्लाईको फिचर्स ल्याएको ट्वीटरले जनाएको छ ।
यो सुविधासँगै ट्वीटरमा अब अनलाइन दुव्र्यवहारबाट हैरान भएकाहरुलाई लाभ हुने भएको छ । ट्वीटरले आफ्नो यो फिचर्स अनलाइनको माध्यमबाट हैरानी खेपेका व्यक्तिहरूका लागि अत्यन्त लाभदायक साबित हुने बताएको छ ।
यस अघिसम्म जो कोही ट्वीटर प्रयोगकर्ताहरुले सार्वजनिक ट्वीटलाई जवाफ फर्काउन सक्दथे । ट्वीटरद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि यो सुविधा मानिसहरूलाई नियन्त्रणमा राख्नका लागि ल्याइएको हो ।
यो नयाँ सेवा आईओएस, एन्ड्रोइड र ट्वीटरको साइट प्रयोग गर्ने सबै उपयोगकर्तालाई उपलब्ध छ ।