काठमाडौं– त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड –१९ को संक्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।
जोशीले अब हुने परीक्षाको जिम्मा डिन कार्यालयलाई दिइएको जानकारी दिए । ‘सामान्य अवस्था भएपछि डिन कार्यालय नै परीक्षाको तयारी गर्नेछ,’ जोशीले भने
पनिकाले आगामी भदौ १६ गतेदेखि सेमेस्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी गरेको थियो । ‘परीक्षा गर्ने तयारी गरे पनि पुनः स्थगन गरेका छौं सामान्यावस्था भए मात्र परीक्षा हुन्छ,’ जोशीले भने ।
पनिकाले बन्दाबन्दी यता २८ वार्षिक तथा सेमेस्टर परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । बन्दाबन्दी समयमा १६ र साउन ७ यता १२ वार्षिक तथा सेमेस्टर परीक्षाको परीक्षाफल प्रकाशन गरिएको परीक्षा नियन्त्रक जोशीले जानकारी दिए ।