काठमाडौं - आर्थिक अवस्था कमजोर भएका ८ सय २५ विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर वितरण गरिएको छ ।
नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रले आर्थिक अवस्थाका कारण विद्युत्त सेवाबाट वञ्चित भएका परिवारको पहिचान गरी निःशुल्क मिटर वितरण गरेको हो ।
आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत निःशुल्क मिटर वितरण गरेको नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख रविनबाबु घिमिरेले बताए ।
स्थानीय तहको सिफारिसको आधारमा गरिब तथा विपन्न परिवारलाई निःशुल्क मिटर वितरण गर्दै आएको कार्यालयले जनाएको छ । रासस