एजेन्सी - संयुक्त अरब इमिरेट्स (युएई) सरकारले कोरोना भाइरसको रोपोर्ट नगेटिभ आएका आफ्ना नागरिकहरुलाई घुम्न दिने भएको छ ।
सरकारले रोपोर्ट नगेटिभ आएका मानिसलाई देशको जुनसुकैै ठाउँमा पनि घुम्न सक्ने बताएको छ । यसका लागि युएईले १ सय ५० वटा होटेललाई कोभिड सेफ होटल भनेर छुट्याएको छ ।
आफ्ना ९० प्रतिशत नागरिकहरु निको भएपछि युएईले यो निर्णय लिएको हो । युएईमा ६३ हजार २ सय १२ बिरामी मध्ये ५७ हजार १ सय ९३ मानिस निको भैसकेका छन् ।
यहाँ २९ जनवरीमा पहिलो पटक कोरोना भाइसकको संक्रमित बिरामी भेटिएको थियो । हालसम्म युएईले ९८.९ लाख जनसंख्या मध्ये ५७.७० लाख मानिसको कोरोना परीक्षण गरिसकेको छ ।
कोरोनाबाट माथि उठ्न लकडाउन, रातीको कफ्र्यू, उडानमा प्रतिबन्ध, स्कूल र कलेजलाई अनलाइन, सरसफाई तथा सार्वजनिक ठाउँमा कोरोना सेन्टरले महत्वपूर्ण भूमिका खेलेको युएईले बताएको छ । यहाँ कोरोनाबाट अहिलेसम्म ३ सय ५८ जनाको मृत्यु भएको छ ।