काठमाडौं - पाल्पा जिल्लाको समुदायमा पहिलो पटक कोरोना सङक्रमण देखिएको छ ।
तानसेन नगरपालिका - ४ का ४० वर्षीया एक महिलामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
लुम्बिनी मेडिकल कलेज तानसेन प्रभाषमा आफन्तको उपचारका निम्ति गएकी उनमा कोरोना देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।
उनलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भैरहेको छ ।