(नेपाली पब्लिकको नियमित स्तम्भ सञ्जाल भित्तोका लागि जागृत रायमाझीको फेसबुक वालबाट)
यो फुच्चे उपकरणलाई फिङ्गर अक्सिमिटर भनिन्छ । यसले शरीरको पल्स रेट र अक्सिजन नाप्छ । यसले अक्सिजन र पल्स रेट नापेर एक घण्टा मास्क लगाऔं अनि फेरि अक्सिजन र पल्स रेट नापौं । अक्सिजन ३ प्रतिशतसम्म घट्छ, पल्स रेट १५ सम्म बढ्छ । अनि सोचौं । मास्क लगाउनु कति घातक छ ?
...
किन मास्क लगाउनै हुन्न ?
१. एक घण्टा मास्क लगाउँदा शरीरमा अक्सिजन ३ प्रतिशतसम्म कमी हुन्छ र पल्स रेट १०–१५ सम्म बढ्छ ।
२. हामीले मास्क लगाएपछि श्वास फेर्दा मास्कमा जम्मा भएको कार्बनडाइअक्साइड नै फेरि शरीरमा जान्छ ।
३. मास्कमा जम्मा हुने बाफ भनेको किटाणुको घर हो । जसमा सबैखालका भाइरसहरु रमाइरमाइ बस्छन् ।
४. मास्कले छिट्टै हामीलाई फोक्सो रोगी बनाउँछ । स्वासप्रस्वास असहज हुने हुँदा मुटु लगायतका बिरामीलाई झनझन कठिन बनाउँछ ।
५. मास्क लगातार लगाउनु बिष पिउनु सरह हो ।
...
घाँटी अठ्याउनु, नाकमुख थुन्नु र मास्क लगाउन उर्दी जारी गर्नु । स्तर फरक तर अपराध नै हो ।
...
कोरोनालाई नै प्रतिबन्ध गर्ने तुर्कमेनिस्तानका राष्ट्रपति गुरबांगुली बेर्दिमुहम्मेदोवलाई साधुवाद ।
१. तुर्कमेनिस्तानमा कोरोना शब्द प्रयोग गर्न नै निषेध छ । कोरोनाको सट्टा स्वासको बिरामी भनिन्छ ।
२. तुर्कमेनिस्तानमा मास्क लगाउन प्रतिबन्ध छ । मास्क प्रयोग गरे जेल जानुपर्छ ।
३. तुर्कमेनिस्तानमा पिसिआर टेस्ट पनि प्रतिबन्ध छ । तर त्यहाँ औसत बिरामीको संख्या र औसत मृत्युदर पहिलेभन्दा झन कम भएको छ ।