काठमाडौं– नेपाल भाषाको अर्धवार्षिक पत्रिका 'थाय्भु'को १२औं अंक प्रकाशित भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुँदै आएको थाय्भु साहित्य (मातृभाषा) विभागको संयोजनमा प्रकाशित भएको हो ।
'थाय्भु'मा नेपाल भाषाका कथा, नियात्रा, कविता, गीत, गजल, समालोचना, इतिहास, संस्कृति, अभिलेख विधाका सामग्री समेटिएका छन् । यसको सम्पादक मण्डलमा शशीकला मानन्धर, शरद कसाः र सुरेश किरण रहेका छन् । प्रधान सम्पादकमा विभागीय प्रमुख प्राज्ञ लक्ष्मी रहेकी छन् ।