सिन्धुपाल्चोक– जुगल सिन्धुपाल्चोक गाउँपालिका– २ को लिदीमा बिहान ६ बजे गएको पहिरोमा ३८ जना बेपत्ता भएका थिए । स्थानीय र प्रशासन उद्धार कार्यमा खटिएको छ । पहिरोमा ३५ घर क्षति भएका छन् भने आठ जना घाइते भएका छन् । लिदीकाे पहिराेका केही तस्बिरहरू :
जुगल गाउँपालिका– २ लिदीमा गएको भीषण पहिरोमा परेकाको उद्धारका लागि सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली जाँदै ।
अविरल वर्षाको कारण जुगल गाउँपालिका– २ लिदिमा शुक्रबार बिहानको ६ बजे भीषण पहिरो । पहिरोले लामा गाउँ पुरिँदा १३ घर पुरै क्षति भएको, १५ जना घाइते आफैं निस्किएका छन् ।
लिदीबाट पहिलो चरणमा ४ जना (२ जना महिला र २ जना पुरूष) सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइँदै । अन्यको उद्वार जारी रहेको छ ।
अविरल वर्षाको कारण जुगल गाउँपालिका– २ लिदिमा शुक्रबार बिहानको ६ बजे भीषण पहिरो । पहिरोले लामा गाउँ पुरिँदा १३ घर पुरै क्षति भएको, १५ जना घाइते आफैं निस्किएका छन् ।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा शुक्रबार सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका– २ लिदीमा गएको पहिरो स्थलमा पुगेर स्थानीयसँग त्यहाँको अवस्थाबारे जानकारी लिँदै । सभामुखको पहलमा ५ जना घाइतेको उद्धार गरी उपचारका लागि चौतारा र काठमाडौं पठाइएको छ । तस्बिर : रासस