काठमाडौं– कोरोना संक्रमण समुदायस्तरमै फैलिरहेको छ । स्थानीय प्रशासनले कतै लकडाउन त कतै कर्फ्यु लगाएका छन् । कोरोना संक्रमण दर बढेसँगै मृत्युदर पनि बढ्दै गएको छ । कोरोनाकाे जोखिम बढेसँगै मानिसहरु व्यक्तिगत रुपमै सजग देखिएका छन् । फेसबुकमा काेरानासम्बन्धी अभिव्यक्ति पाेस्ट गर्ने क्रम जारी नै छ । सामाजिक सञ्जालमार्फत कोरोनाका विषयमा प्रस्तुत धारणा ः
‘देशभरी ३ जनालाई कोरोना थ्यो, हरियो तरकारी पनि छतमा दिनभरी सुकाएर खाईन्थ्यो ।’
कवि हेम प्रभास लेख्छन् : आफू नहुनु भनेको आफ्ना लागि यो संसारै नहुनु हो
सञ्चारकर्मी पवन आचार्य लेख्छन् : बाहिरको खाना नखानु भन्ने माननीयज्यूको आदेश
अहिले एक्लैएक्लै बसेर यो असहज परिस्थितिको सामना गरौं । घरमै बसौं । आज आफूलाई माया गरौं । यत्ति ख्याल गरौं, आफू नहुनु भनेको आफ्ना लागि यो संसारै नहुनु हो ।
गजलकार खगेन्द्र गिरी कोपिला लेख्छन्: लकडाउनलाई लापरवाही गर्दा
सञ्चारकर्मी सरोज पौडेल लेख्छन्ः देशभरी ३ जनालाई कोरोना थ्यो, हरियो तरकारी पनि छतमा दिनभरी सुकाएर खाईन्थ्यो ।
आख्यानकार मिनराज बसन्त लेख्छन्ः पछिल्लो चौबीस घन्टामा ५ सय ९४ जना संक्रमित । हाय रब्बा ।
निर्देशक सुब्रत आचार्य लेख्छन्ः पहिले आफू बचौं, अनि मात्र आफ्नालाई बचाउन सकिएला ।