एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत शुक्रबार राति भएको क्वाटरफाइनल खेलमा जर्मन क्लब बायर्न म्युनिखसँग स्पेनीस क्लब बार्सिलोनाले लज्जास्पद हार बेहोरेको छ ।
प्रतियोगितामा बायर्नले बार्सिलोनालाई ८–२ गोल अन्तरले पराजित गर्दै लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । यो सँगै स्पेनीस क्लब बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै घर फर्किएको छ ।
बार्यन हाबी भएको खेलमा बार्सिलोनाले खेलको पहिलो हाफमा नै ४ गोल खाएको थियो । त्यसपछिको समयमा पनि खेलमा बार्यन आक्रामक भएपछि बार्सिलोनाको केही चलेन ।
खेलको ४ औं मिनेटमा नै बायर्नले थोमस मुलरको गोलबाट अग्रता लिएको थियो । तर बार्यनको त्यो अग्रता भने लामो समयसम्म टिक्न पाएन । खेलको ७ औं मिनेटमा बार्यनका डेविड अलाबाले आफ्नै पोस्टमा गोल गर्न पुगेपछि खेल बराबरीमा फर्किएको थियो ।
खेलको २१ औं मिनेटमा बर्यानले इभान पेरिसिचको गोलमा पुन अग्रता बढायो । लगतै २७ औं मिनेटमा सर्ज जिनाब्रीले गोल गर्दै क्लबको गोल संख्या तीन पुर्र्याए । त्यस्तै ३१ औं मिनेटमा बायर्नका मुलरले नै व्यक्तिगत २ गोल गरे ।
पहिलो हाफ यतिमै सकिए पनि दोस्रो हाफ झन् बार्सिलोनाको लागि घातक बन्यो । दोस्रो हाफको सुरुमा बार्सिलोनाले अग्रता बढायो । लुइस सुआरेजले ५७ औं मिनेटमा गोल गरे ।
तर खेलको ६३ औं मिनेटमा बायर्नले जोसुवा किम्मिचको गोलमा आफ्नो गोल संख्या ५ पुर्यायो । एकपछि अर्को गोल गर्न सफल बार्यन ८२ औं मिनेटमा लेवान्डोस्कीको गोलमा अर्को गोल थप्यो ।
त्यस्तै बार्यनका फिलिपे कोउटिन्हो ८५ र ८९ औं मिनेटमा २ गोल गरे । यसरी एकपछि अर्को गोलको श्रृंखला गरेको बार्यनले बार्सिलोनालाई ८ गोल गर्न सफल भयो ।
लिगको सेमिफाइनलमा बायर्नले म्यानचेस्टर सिटी र लियोनबीचको विजेतासँग मैदानमा उत्रिनेछ ।