एजेन्सी - बलिडउ अभिनेता अक्षय कुमारले बिहार र असामका बाढी पिडितलाई सहयोग गर्न बताएका छन् ।
उनले केहिदिन अघि मात्र यी राज्यको राहत कोषलाई एक एक करोड रूपैयाँ दिने घोषणा गरेका थिए ।
बिहार र असामका दुबै मुख्यमन्त्रीहरूले अक्षयको यो उदारताका लागि धन्यवाद दिँदै उनको मद्दतको प्रशंसा पनि गरेका छन् ।
अक्षयले यसअघि पनि कोरोनाको लागि पीएम केयर फन्डमा २५ करोड रुपैँया दिईसकेका छन् ।
यसबाहेक उनले मास्क, पीपीई र किट किन्नका लागि ३ करोड रुपैयाँ सहयोग गरेका थिए ।
बलिडउमा अक्षय ठुलो मन भएको अभिनेताको रुपमा चिनिन्छन् ।