काठमाडौं– कोरोना संक्रमितको उपचारका लागि आवश्यक अक्सिजन निःशुल्क प्रदान गर्ने उद्देश्यले सानेपामा ‘अक्सिजन बैंक’ स्थापना गरिएको छ । लाइन्स क्लब अफ काठमाडौं समपर्णले आर्थिक रुपमा विपन्न कोरोना संक्रमित परिवारको उपचारका लागि आवश्यक अक्सिजन प्रदान गर्न २०० सिलिन्डर अक्सिजनसहित ‘अक्सिजन बैंक’ स्थापना गरेको हो ।
लाइन्स क्लब वी वानका ड्रिस्टिक गभर्नर मनबहादुर रोका र लाइन्स क्लब अफ काठमाडौं समर्पणका अध्यक्ष दीपक वंशलले संयुक्त रुपमा बैंकको उद्घाटन गरेका छन् ।
‘घरमा बसेर उपचार गराइरहेका सामान्य र विपन्न परिवारलाई लक्षित गरेर हामीले ‘अक्सिजन बैंक’ स्थापना गरेका हौं,’ वंश भन्छन् ।
तीस लाख खर्च गरेर उक्त बैंक स्थापना गरिएको हो । आकस्मिक रुपमा अक्सिजन चाहिएमा हटलाइन नम्बर ९८२३४४४०५५ वा ९८१३१८६४८४ मा चौबिसै घण्टा सम्पर्क गर्न सकिने लायन्स क्लब अफ काठमाडौं समर्पणले जनाएको छ ।