एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत शनिबार राति भएको सेमिफाइनलमा खेलमा म्यानचेस्टर सिटी लियोनसँग पराजित भएको छ ।
लियोनले सिटीलाई ३–१ गोलले हराएको हो । प्रतियोगितामा लियोनले खेलको २६ औं मिनेटमा । म्याक्सवेल कर्नेटको गोलबाट अग्रता बनाएको थियो ।
सेमिफाइनलमा स्थान बनाउनका लागि निकै नै प्रतिस्पर्धात्मक भएको खेल पहिलो हाफ यतिमा नै सकियो । दोस्रो हाफमा सिटीले पनि गोल गर्दै बराबरीमा फर्कियो ।
६९ औं मिनेटमा सिटीका केभिन डे ब्रुएनले गोल गरेपछि सिटी खेलमा बराबरीमा आएको हो । तर लियोनका मौसा डेम्बेलेले ७९ औं मिनेटमा गोल गर्दै क्लबलाई पुन अग्रता दिलाए ।
खेलमा आक्रामक देखिएको सिटीको एकपछि अर्को प्रहार गरेपछि सफल हुन सकेन । ८७ औं मिनेटमा लियोनका डेम्बेलेले पनि अर्को गोल गरेपछि भने लियोनको जित सुनिश्चित भयो ।
यसपछिको बाँकी समयमा सिटीले थप कुनै गोल गर्न नसक्दा घर फर्किन बाध्य भउो । लियोनले अब सेमिफाइनलमा बायर्न म्युनिखसँग भिड्ने छ ।