काठमाडौं - अभिनेत्री मनिषा कोइरालाका आजदेखि ५० वर्षमा प्रवेश गरेकीछिन् । उनी सन् १९७० अगस्ट १६ मा काठमाडौंमा जन्मिएकी थिइन् ।
बुवा प्रकाश कोइराला र आमा सुष्मा कोइरालाको पहिलो सन्तानको रुपमा जन्मिएकी मनिषा विश्वेश्वर प्रसाद कोइरालाकी नातिनी हुन् ।
कुनै समय डाक्टर बन्ने सपना देखेकी मनिषाले मोडलिङ हुँदै आफ्नो करियरको सुरुवात गरेकी थिइन् । उनले हिन्दी चलचित्रबाट अभिनय गर्न सुरु गरेकी थिइन् ।
उनले अभिनय गरेका भारतीय चलचित्र तथा तमिल भाषाका थुप्रै चलचित्रहरु लोकप्रिय छन् । उनको सनम, अग्निसाक्षी, मझदार, खामोशी, अकेले हम अकेले तुम लगायत अन्य थुप्रै चलचित्र हिट छन् ।
उनले नेपाली सन् १९८९ बाट नेपाली चलचित्र ’फेरी भेटौँला’ र त्यसपछि पनि अन्य धेरै नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।
सन् २०१० मा सम्राट दाहालसँग बिहे गरेकी मनिषाको वैवाहिक जीवन भने सुखमद हुन सकेन ।
उनको २ वर्षपछि सन् २०१२ मा नै डिर्भोस भएको थियो । त्यस यता भने मनिषा एक्लै बस्दै आइरहेकी छिन् ।
उनी यूएनएफपीए सद्भावना राजदूत र सामाजिक कार्यकर्ताको रुपमा पनि परिचित छिन् । उनले केही वर्ष स्तनको क्यान्सरसँग पनि लड्नु पर्यो ।
क्यान्सरलाई पनि जितेकी मनिषा आफ्नो व्यक्तित्वको कारण बोल्ड नेपाली महिलाको रुपमा समेत परिचित छिन् ।
उनले पछिल्लो समय नेपालको भुमि बारे दिएको अभिव्यक्तिले नेपाल र भारतमा तरंग सिर्जना गरेको थियो ।