एजेन्सी - महेश भट्ट निर्देशित फिल्म सडक २ को ट्रेलरमा लाइक भन्दा २० गुणा बढी डिस्लाइक आएको छ ।
चारदिन अघि मात्र रिलीज भएको ट्रेलरमा राम्रो प्रतिक्रिया भन्दा नराम्रो प्रतिक्रिया बढी आएका छन् ।
चलचित्रको ट्रेलरमा ५ लाख ९० हजारले लाइक गरेका छन् भने १ करोड मानिसले डिस्लाइक गरेका छन् ।
योसँगै सडक २ को यो ट्रेलर विश्वमा नै नराम्रो ट्रेलरमा दर्ज भएको छ ।
ट्रेलर यति धेरै मनिसलाई मन नपर्नुको कारण अभिनेता सुशात सिंह राजपुतको केस भएको बताइन्छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सुशान्तको मृत्युको आत्महत्याको पछाडि अट्ट परिवारको हात भएको बताउँदै यो फिल्मलाई नेपोटिज्म प्रोडक्ट समेत भनेका छन् ।
रोचक कुरा के छ भने यो फिल्म २८ अगस्टमा हटस्टार मार्फत रिलिज हुँदैछ ।
निर्देशक महेश भट्ट २१ बर्षपछि चलचित्र निर्देशनमा फर्किए पनि उनको कम्ब्याक भने सुखद रहेन ।
चलचित्रमा आलिया भट्ट, संजय दत्त, पूजा भट्ट र आदित्य राय कपूरको मुख्य भूमिका रहेको छ ।