काठमाडौं - यसै साता मन्त्रिमण्डल हेरफेर हुने भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद मिलाउन मन्त्रिमण्डल हेरफेर गर्न लागिएको हो ।
विवाद मिलाउन बनाइएको कार्यदलले मन्त्रिमण्डल हेरफेरसहितको सुझाव दिने तयारी गरेसँगै भित्रभित्रै मन्मिण्डल पुनर्गठनका विषयमा छलफल भइरहेको बताइएको छ ।
शुक्रबार विवाद मिलाउन महासचिव विष्णु पौडेलको नेतृत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल सदस्य रहेको कार्यदल बनाएका थिए । उक्त कार्यदलले शनिबारबाट काम थालेको छ ।
कार्यदललाई पार्टी भित्रको विवाद समाधान हुने गरी प्रस्ताव ल्याउन भनिएको छ । कार्यदलले मन्त्रिपरिषद्सँगै मुख्यमन्त्री पनि हेरफेरको प्रस्ताव गर्ने तयारी गरेको छ ।
बागमती, एक र पाँच नम्बर प्रदेशका मुख्यमन्त्री फेरिने
कार्यदलले ल्याएको प्रस्ताव पार्टीको सचिवालय र स्थायी कमिटीले अनुमोदन गरेमा बागमती, एक र पाँच नम्बरका मुख्यमन्त्री फेरिने छन् ।
बाग्मतीमा डोरमणि पौडेलको ठाउँमा अष्टलक्ष्मी शाक्य, एक नम्बरमा शेरधन राईको ठाउँमा भीम आचार्य आउनेसक्ने सम्भावना रहेको बताइएको छ ।
संघीय मन्त्रीमण्डल हेरेफेरमा तत्कालीन एमालेबाट भीम रावल, सुरेन्द्र पाण्डे, सोम प्रसाद पाण्डे र नारदमुनि राना थपिने छन् । त्यस्तै, माओवादी केनद्रबाट जनार्दन शर्मा, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, पम्फा भुसाल, टोपबहादुर रायमाझी थपिने सम्भवना छ ।
बिना मगर र बर्षमान पुनले भने निरन्तरता बुझिएको छ । सर्वसम्मत भएमा नारायणकाजी श्रेष्ठ र वामदेव गौतम पनि मन्त्री हुने सम्भावना छ । यसो हुँदा बहालवाला धेरै मन्त्री हट्नेछन् ।