फाट्यो नि माइतीको चिनो
फाट्यो पछ्यौरीको कुना
सम्झेर आउँछ नि रुन
केले म पुछुँ र आँसु ?
केले म पुछुँ पसिना ?
डाँडापारि अर्को डाँडा माइती छेकिएको
जुगौ बित्यो जन्म गाउँ छैन टेकिएको
दशैं गयो तिहार गयो निधार रह्यो खाली
नफुल्दैमा झर्छ क्यारे मन बेलीको डाली ।
आउने जाने छैन कोही टुहुरीको कर्म
दैवलाई तिर्दैछु म कुन जुनीको पर्म
आफ्नै जोबन सौतासरि खसम परदेशी
दिन पराइ रात पराइ वैरी गाउँ बेसी
फाट्यो नि माइतीको चिनो
फाट्यो पछ्यौरीको कुना ।
शब्द/संगीतः सुरेश अधिकारी
स्वरः आस्था राउत
शब्द/संगीतः सुरेश अधिकारी
स्वरः आस्था राउत