काठमाडौं- न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले मुलुकमा कोरोना भाइरसका बिरामी देखिएको भन्दै आमनिर्वाचन चार हप्तापछि सारेको घोषणा गरेकिछिन् ।
न्युजिल्यान्डको आमनिर्वाचन आगामी सेप्टेम्बर १९ का लागि तोकिएको थियो । दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुने अभियानमा रहेकी आर्डेनले आगामी अक्टोबर १७ का लागि नयाँ मिति तोकेकी छिन् ।
न्युजिल्यान्डमा कोभिड–१९ बाट संक्रमितहरु पुनः देखिएका कारण चुनावमा असर पर्ने भन्दै आमनिर्वाचनको मितिपछि सार्नु परेको पनि उनले बताएकी थिइन् ।
न्युजिल्यान्ड सरकारले शुक्रबार मात्र देशकै सबैभन्दा ठूलो शहर अकल्यान्डमा अरु १२ दिनका लागि लकडाउन गरिएको छ । यस शहरमा कोरोनाभाइरसबाट संक्रमितको संख्या एकाएक बढेको देखिएको छ ।
आइतबार समुदायस्तरमा १२ जना नयाँ संक्रमित भेटिएका थिए । यो सहित न्यूजील्यान्डमा कोरोना संक्रमितको कूल संख्या ४९ पुगेको छ । रासस