२९ वर्षीया सृष्टि केसी ‘बाहिरी आँखा’ले देख्न सक्दिनन् तर उनको अन्तरदृष्टि शक्तिशाली छ । १५ वर्ष हुँदा आँखाको ज्योति गुमाएकी सृष्टि अहिले नृत्यमा रमाइरहेकी छिन् ।
उनी अहिले हिमालयन टेलिभिजनबाट प्रसारण हुने रियालिटी साे ‘डान्सिङ विथ द स्टारस्’का लागि नाच्न व्यस्त छिन् । कोरियोग्राफर केशव थापा र शेखर घर्ती मगरकाे सहयाेगमा उनी नाच्न सिक्दै छिन् ।
‘ब्लाइन्ड रक्स’की संस्थापक अध्यक्ष एवं मोटिभेसनल स्पिकर सृष्टि प्रायः सभा, समारोह र सेमिनारमा व्यस्त हुन्छिन् । मानवशास्त्र र नृत्यमा स्नातकोत्तर गरेकी उनी नृत्य पनि सिकाउँछिन् ।
‘छामेर स्टेप सिक्नुपर्ने भएकाले नृत्यका भावभंगीमा बिर्सन्छु । यसकारण नृत्य गर्न समस्या भएको छ,’ उनी भन्छिन्, ‘तर पनि कोरियोग्राफरले धेरै मिहिनेत गरेर सिकाउँदै हुनुहुन्छ ।
’दृष्टिविहीनलाई गरिने दया र व्यवहार फरक रहेकाे उनी सुनाउँछिन् ।
रियालिटी साेमा सहभागी भएपछि उनले नृत्यबारे धेरै जानकारी लिइन् । उनी भन्छिन्, ‘बल्ल नृत्य के हो भन्ने बुझें ।’