काठमाडौं– सरकारले तीन जनालाई राजदूत पदमा नियक्तिका लागि सिफारिस गरेको छ । भदौ १ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्कालाई राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरिएको जानकारी दिएका हुन् ।
गेहेन्द्र राजभण्डारीलाई बेल्जियम र युरोपियन युनियनको राजदूतमा नियुक्त गरिएको छ । तापस अधिकारी पाकिस्तान र रामकाजी खड्का जर्मनीका लागि राज्दूत तोकिएका छन् ।