काठमाडौं– बुधबारदेखि काठमाडौं उपत्यकामा एक साता कर्फ्यू लाग्ने भएको छ । कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि उपत्याकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा भदौ ३ गते बुधबार राति १२ बजेदेखि कर्फ्यू लाग्ने भएको हो ।
उपत्यकाका तीन जिल्ला प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले सो निर्णय लिएको हो । कर्फ्यूको समयमा केही अत्यावश्यक कामका लागि आवागमन गर्न सकिने तर अनिवार्य मास्क लगाउनुपर्ने जनाएको छ ।तर यसका लागि पनि कडाई गर्दै अत्यावश्यक कामको प्रमाण र परिचय पत्र अनिवार्य हुनुपर्ने बताएको छ ।
नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारीका लागि भने विहान ९ बजेदेखि साढे १० बजे र बेलुका ३ देखि साढे ५ बजेसम्म कार्यालय जाने र कार्यालयबाट फर्किने समय तोकेको छ । जसमा औषधी खरिद, स्वास्थ्यकर्मी, खानेपानी लगायत अत्यावश्यक ढुवानीलाई तोकेको छ ।
काठमाडौं जिल्ला प्रशासन र तीन जिल्लाको संयुक्त जारी आदेशको पूर्ण पाठ पढ्नुहोस् ।