एजेन्सी - पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लब यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
पीएसजी इतिहासमा नै यो लिगको फाइनलमा पुगेको हो । मंगलबार रातिभएको खेलमा पीएसजीले आरबी लाइप्जिगलाई ३–० गोलले हरायो ।
पीएसजीले खेलको १३ औं मिनेटमा मार्किन्हसको गोलमा अग्रता लिएको थियो । फाइनल पुग्नका लागि कडा टक्कर भएको खेलमा पीएसजीले नै खेलको ४२ औं मिनेटमा अग्रता दोब्बर पार्यो ।
उक्त गोल डी मारियाले गरेका थिए । पहिलो हाफ यतिमा नै सकिएको खेलमा लाइप्जिगलाई पछाडि पार्दै पीएसजीका जुआन बर्नाट ५६ औं मिनेटमा गोल गरे ।
एकपछि अर्को अग्रता बनाएको पीएसजीको अघि लाइप्जिगको केही सीप चलेन र तीन शुन्यको हार बेहोरेर घर फर्किन बाध्य भयो ।