काठमाडौं - अछामको कैलाश खोलामा आएको बाढिले ६ जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन । मृतकको पहिचान हुन भने सकेको छैन् ।
बाढीले खोला किनारका बस्तिहरु समेत बगरमा परिणत भएका छन् । बाढीले रामारोशन गाउँपालिका वडा नम्बर ५ मा सबैभन्दा धेरै क्षती पु¥याएको छ ।
बेपत्ता हुनेहरुमा ४० वर्षीय अमर शाह, ३५ वर्षीय पवित्रा शाह, उनीहरुका ४ वर्षे बालक समिर साह, ४० वर्षीय नन्दसिंह साउद, ३५ वर्षीय गंगा साउद, १५ वर्षीय रुपेश साउँद, १० वर्षीय नविन साउँद, १७ वर्षीय कविता साउँद रहेका छन ।
त्यस्तै ६ वर्षकी प्राप्ति साउद र नन्दसिंहकी सासुआमा, ५० वर्षीय चन्द्र साउद, ४० वर्षीय बसु साउद, ४५ वर्षीय लालसरा शाह र उनका ९ वर्षीय छोरा, हिक्मत शाहकी श्रीमती ३० वर्षीय गौरी शाह र २५ वर्षीय सम्झना शाह छन् ।
यसैगरी, हर्क साउदको खुद्रा पसल, गगन साउदको खाजा तथा किराना पसल, जगत साउदको मेडिकल, मनोज साउदको किराना पसल, नन्दसिंह साउँदको सपल सहित ८ जना परिवार, मिनबहादुर सुनारको सुनचाँदि पसल, नविन साउदको इलक्ट्रोनिक पसल, अमर शाहको होटल, चन्द्र साउद किराना पसल, लालसरा साहको छोरा र आफू सहित किराना पसल, अशोक साउदको खाजा घर र किराना पसल, भरत साउद, काली बुढा, लोकबहादुर शाहको पसल बगरमा परिणत भएको छ ।
अझै गजडमा पसलहरुमा क्षती नपुगेको जानकारी प्राप्त भएको छ । त्यहाँ झण्डै ३५ विगाहा खेतहरु बगाएका छन् । यस्तै, केहि झोलुङ्गे पुल, रामारोशन तिमिल्सेन सडकखण्ड र सेरी पुल बगाएको छ भने सैनी बजारको एउटा सिंगो बस्ति नै बगाएको छ ।
रामारोशन ५ का ३ वटा विद्युत गृह र वडा नम्बर ४ बाटुलासेनको एउटा विद्युत गृह बाढीले बगाएको छ । यसैगरी, जात्तोला बस्तिका १५ घर जोखिममा छन् भने यँहा थुप्रै गाईभैसीहरुलाई नदिले बगाएको छ ।