काठमाडौं - राष्ट्रिय झन्डा जलाउने गायक ग्लालेन दोर्जे तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले तामाङलाई कीर्तिपुरबाट पक्राउ गरेको हो ।
उनीसँगै अन्य ६ जना पनि पक्राउ परेका छन् । गीतको भिडियोमा बाहुन क्षेत्री समुदायलाई गाली गर्दैे राष्ट्रिय झन्डा जलाइएको छ ।
चार मिनेट २७ सेकेन्ड लामो भिडियोमा देशका पूर्व प्रधानमन्त्रीसहित धेरै नेताहरुको तस्बिर पनि जलाइएको छ भने जातिय दंगा भड्काउने खाल्का शब्द राखिएको छ ।
भिडियो सार्वजनिक भएलगतै भिडियोमा लाइक भन्दा बढि डिस्लाइक आएको थियो ।