-
त्यति बेला बा थिए,
दिने कुनै उपहार थिएनन्
अहिले उपहार थुप्रै छन्
तर लिइदिने बा भएनन्
चाहनाहरु थोरै थिए
जिउने बहाना धेरै थिए
हासो आँसु सबै थिए
माया गर्ने साथ थिए
न भूतको ज्ञान थिए
भविष्यको अनजान थिए,
सुखै सुख नभए पनि
पीडा थेग्ने काख थिए
त्यति बेला बा थिए
दिने कुनै उपहार थिएनन्
अहिले उपहार थुप्रै छन्
तर लिइदिने बा भएनन् ।
बूढा भए पनि बा थिए,
सकी नसकी आउने गर्थे
त्यो स्कुलको घण्टी लाग्न नपाउँदै
बूढो शरीर धेरै ठाउँमा बिसाउँदै
कहिले पाउरोटी त कहिले चन्द्र भैयाले बनाको जेरी
कति गाह्रो हुन्थ्यो होला है बा त्यहाँसम्म आउँदा
म अझ झ्याम्मिँदै हामफाल्थें,
ऐया नि नभनी ‘मेरो बाबु’ भन्ने
मलाई माया गर्ने तिमी थियौ,
तिम्रा खुसीका हासो म थिएँ
त्यति बेला बा थिए,
दिने कुनै उपहार थिएनन्
अहिले उपहार थुप्रै छन्
तर लिइदिने बा भएनन् ।
उमेरदेखि हारेका थिए,
तर समयलाई नै जितेका थिए,
ती चाउरी परेका छालाहरु
पहिले छुँदा अनौठो लाग्थ्यो
अहिले आएर त्यही स्पर्शलाई
आँखा चिम्ली सम्झन्छु,
लाग्छ फेरि त्यही सेतै फुलेका दारी
आफ्नो गालामा जोडी खेल्न पाए ?
तिम्रा ती कृत्रिम दाँतलाई
फेरि आफैँले लगाई गिज्याउन पाए ?
त्यति बेला बा थिए,
दिने कुनै उपहार थिएनन्
अहिले उपहार थुप्रै छन्
तर लिइदिने बा भएनन्
बा भनेर पुकार्ने ध्वनि थिए
संसारका सारा खुसी त्यसमै थिए
धर्तीजस्ती ममताले भरिएको आमा थिइन्
आकाश जस्तो सुशील बा थिए
तर धर्ती र आकाशजस्तो
कहिल्यै संगम नहुने गरी
आकाशमाथि रहे
र धर्ती अझै मलाई सम्हाल्दै छिन्
तिम्रा पीडा र मेरो जिम्मेवारी उनी लिँदै छिन्
किनकि उनि अहिले ‘आमा’ र बा दुवै बनेकी छिन्
त्यति बेला बा थिए,
दिने कुनै उपहार थिएनन्
अहिले उपहार थुप्रै छन्
तर लिइदिने बा भएनन् ।
हेर त बा !
जो तिम्रो काँधमा राख्ने थिएँ,
तिम्रो छोरो अहिले जवान भएको छ !
अहिले उ धेरै कुरा बुझ्ने भएको छ,
तिम्रो स्याबासीको लायक भएको छ,
तर ती हातहरुबाट स्याबासी कहिल्यै पाउदिनँ !
संसारले ताली बजाउँदा
तिम्रो ‘बाबु’ शब्दले ध्वनि गुजन्छ
अनि एक्लोपनको आभास हुन्छ !
लाग्छ केही अपुग छ,
केही अझै अपूरो छ !
त्यति बेला बा थिए,
दिने कुनै उपहार थिएनन्
अहिले उपहार थुप्रै छन्
तर लिइदिने बा भएनन् ।
Twitter: @adhikariwrites