काठमाडाैं – वैदेशीक अध्ययनका लागि चाहिने एनओसी वीतरण कार्य खुलाउनका लागि मन्त्रीपरिषदमा प्रस्ताव पेश भएको छ । कोभिड–१९ महामारीको कारण ५ महिनादेखी बन्द रहेको एनओसी पुन खुलाउन सरोकारवालाहरुले बारम्बार आग्रह गरेपछि सरकार यसप्रति लचक देखिएको हो ।
कोभिडको प्रभावका कारण नेपालका शैीक्षिक परामर्श व्यवसाय क्षेत्रको गतिविधी ठप्पप्रायः भएपनि केहि यूकेजस्ता केहि मुलुकहरुले विदेशी विद्यार्थीका लागि भर्ना खोलेको हुँदा एनओसी वीतरण पुनः शुरु गर्ने तयारी भएको हो । यसका लागि विद्यार्थीहरुले समेत माग गर्दै आएका थिए ।
व्यवसायीहरुको आग्रहमा यसअघि पनि एनओसी खुल्ने चर्चा भएको बताइएपनि कोरोनाभाइरस संक्रमितहरुको संख्या बढेपछि खुल्न सकेको थिएन् । ‘‘यसअघि पनि हामीहरुले निकै पहल गरेका थियौ’’, नेपाल शैक्षिक परामर्श संघ (नेका)का संयोजक सन्तोष प्याकुरेलले भने, ‘‘एनओसी खुल्दा विद्यार्थीहरुलाई सहज हुनेछ ।’’