काठमाडौं - लौन बोलिदेऊ न माया लौन बोलिदेऊ
अत्ति भयो मुस्कानको ताला खोलिदेऊ
सुनिदेऊ न मनको कुरा, केही भन्न मन छ
सम्हालिदेऊ मुटु मेरो, तिम्रै बन्न मन छ
लोभी मनले उकालीमा तिम्लाई देख्यो नि
दिलको पाना पल्टाई तिम्रै नाम लेख्यो नि
लौ न बोलिदेऊ न माया.........
मनको सुकुल बिच्छ्याएर भित्रै बोलाऊँ कि
तिमीलाई पिरतीको घुम्टो ओढाऊँ कि
मान्छ्यौ भने पन्चैबाजा बजाएरै लान्छु
खाली सिउँदो सिन्दुरले सजाएरै लान्छु
लौ न बोलिदेऊ न माया.........
गीतकारः सुनिता खनाल
संगीतकारः राजु सिंह
गायकः शिव परियार
संगीत संयोजकः रिदम कँडेल