काठमाडौं - नेपालभर आज ७ सय ७ जनामा मानिसमा कोरोना भाइरस देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २ सय जना सहित सात सय सात जनामा कोरोना पुष्टि भएको हो ।
जसमा काठमाडौंमा १ सय ७४, ललितपुर १८ र भक्तपुरमा ८ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।