काठमाडौं - मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृतिले सङ्क्रमणको जोखिम हवात्तै बढेको छ । प्रयोग भएको मास्क जथाभावी फालँदा सङ्क्रमण फैलिन सक्ने विज्ञहरू बताउँछन् ।
मास्कको भित्रि भागमा थुक, ¥याल, सिगान र वाहिरी भागमा अरुको थुकको छिटा परेको हुन सक्छ । कोरोना सङ्क्रमणसंगै अनिवार्य मास्क लगाउन सरकारले सबैमा अनुरोध गरेको छ ।
आफू र अरुलाई रोग सर्न र लाग्न रोक्नका लागि मास्क अनिवार्य गरिएको हो । आम नागरिकले मास्कको उचित प्रयोग र बिसर्जन नगर्दा यसको जोखिम बढ्न सक्ने देखिएको छ ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले मास्क प्रयोग र बिसर्जन राम्रो नभएको वताए । मास्क प्रयोगको बानी परिनसकेकाले नाकदेखि चिउँडोसम्म टपक्क ढाकेर मास्क लगाउनुपर्नेमा त्यस्तो कम देखिने गरेको उनको भनाइ छ ।
“कतिपयले बोल्दा मास्क खोल्ने गर्दछने । त्यो झन खतरा हो ।” बोल्दा मुखवाट निस्किएको थुकको छिटा अरुलाई परेमा रोग सर्न सक्छ । अप्ठ्यारो शव्द उच्चारण गर्दा मानिसको मुखबाट थुकको छिटा निस्कन सक्ने प्रमुख तिवारीको भनाइ छ ।
मास्कको डोरी कानमा अड्याएपछि हातले नछुन बिज्ञहरुको सुझाव छ । मास्कको वाहिरी भाग अझ बढि सङ्क्रमित हुन सक्ने विज्ञहरु बताउँछन् ।
अन्य सङ्क्रमित मानिससंग कुराकानी भएमा ती व्यक्तिको थुक आफ्नो मास्कको वाहिरी भागमा आएर बसेको हुन सक्ने प्रमुख तिवारीले बताए ।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा.महेन्द्र अग्रहरीले मास्क जति बढी प्रयोग ग¥यो, त्यतिनै सङ्क्रमण हुने सम्भावना बढी हुन्छ ।
यसको उचित व्यवस्थापन हुन नसकेमा सङ्क्रमण फैलन सक्ने उनको भनाइ छ । डष्टविन नभएमा प्लाष्टिकमा राम्रो गरी पोको पारेर घरबाट डष्टविन भएको ठाउँमा विसर्जन गर्न उनले सुझाब दिए ।
मास्कमा किटाणु ३/४ दिन सम्म रहने उनको भनाइ छ । अहिले मानिसले दैनिक रुपमा सर्जीकल र एन—९५ मास्क प्रयोग गर्ने गरेको पाइन्छ ।
सर्जीकल एक पटक प्रयोग गर्न उनको सुझाब छ । एन - ९५ मास्क भने चार वटा किनेर चार दिन विराएर प्रयोग गर्न सकिने डा अग्रहरीले बताए ।
उनका अनुसार यो मास्क तीनदेखि पाँच पटक लगाउन सकिन्छ । उनले आम नागरिकले मास्कको उचित प्रयोग र बिर्सजनका वारेमा गम्भीर हुन सकेमा सङ्क्रमण न्यूनीकरणमा ठूलो सहयोग पुग्ने बताए । रासस