काठमाडौं– नेपाली राष्ट्रिय फुटबल खेलाडी अभिषेक रिजालले व्यवसायिक खेल जीवनमा एक फड्को मारेका छन् । उनले भारतको पुरानो क्लब मोहमेदन एससीमा आवद्ध भएका छन् ।
कोलकताको उक्त क्लबका लागि अभिषेक ३ वर्षका लागि अनुबन्धित भएका हुन् । चन्द ब्रदर्स प्रालिको पहलमा उनलाई क्लबमा अनुबन्द गरिएको हो । मोहमेदन भारतको दोस्रो डिभिजनको ब्लबमा अभिषेक एसियाली कोटाबाट अनुबन्ध भएका हुन् ।
यसअसघ माल्दिभ्सको क्लबबाट खेलेको लामो अनुभव भएको उनले भारतीय क्लबबाट पाउने पारिश्रमिकबारे खुलाइएको छैन । नेपालमा उनले नेपाल पुलिस क्लब, मच्छिन्द्र क्लब र मनाङ मस्र्याङ्दी क्लबमा अनुबन्ध भई खेलिसकेका छन् ।
भारतको दोस्रो डिभिजन लिग खेलिरहेको मोहमेदन एफसीको आगामी खेलका लागि उनी बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् ।