काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । बिहिबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्णयमा एसपीहरुको सरुवा भएको हो ।
निर्णयअनुसार महानगरिय अपराध महाशाखामा कार्यरत एसपी होबिन्द्र बोगटीको स्याङ्जा सरुवा भएको छ भने उनको स्थानमा एसपी प्रकाश रानाभाटलाई पठाइएको छ । यसैगरी एसपी सन्तोष सिंह राठौरको सर्लाही, एसपी अनुरागकुमार द्विवेद्वीको प्रहरी प्रधान कार्यालयको मानव बेचबिखन अनुसन्धान ब्युरो, अविनारायण काफ्लेकोअख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन्। द्विवेद्वी महानगरीय दंगा नियन्त्रण प्रहरी गण त्रिपुरेश्वर र काफ्ले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा थिए।
कृष्णकुमार महत लागूऔषध नियन्त्रण व्यूरो, कृष्ण प्रसाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर तथा कृष्णकुमार पल्ली मगर प्रहरी प्रधान कार्यालय तालिम महाशाखा नक्सालमा सरुवा भएका छन्।
सरुवाको पुर्ण सुचि




