काठमाडौं - चितवन जिल्लामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा भरतपुर महानगरपालिकाका १६ जना, रत्ननगर नगरपलिकाका १ जना तथा राप्ती नगरपलिका ३ जनामा कोरोना संक्रमण पुष्टि हो ।
यस्तै नवलपुर, बारा, पर्सा, रौतहट, मकवानपुर र बाँकेमा गरी १३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।
अस्पतालले शुक्रबार राति १२ बजे सार्वजनिक गरेको विवरणमा अस्पतालको प्रयोगशालामा आएका २ सय ७० नमुना मध्ये चितवन जिल्लामा २० नयाँ केस तथा जम्मा ३३ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले बताएको छ ।