काठमाडौं- पर्साकाे वीरगन्जमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ । शुक्रबार र शनिबार गरी वीरगन्जमा कोरोना भाइरसका कारणबाट थप २ जनाको मृत्यु भएपछि मृतक संख्या ३५ पुगेको हो ।
मुत्यु हुनेमा बहुदरमाइ नगरपालिका डकैला बहुअरीका ६१ वर्षीय पुरुष तथा वीरगन्ज महानगरपालिका– २६ सुगौलीका ५८ वर्षीय पुरुष रहेका छन् ।
६१ वर्षीय पुरुष वीरगन्ज हेल्थकेयरको अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बितेका हुन् । उनी निमोनियाका बिरामी भएको चिकित्सकले जानकारी दिए । अर्का ५८ वर्षीय पुरुषमा पनि मिर्गाैला र मधुमेहको समस्या रहेको तराई हस्पिटलले जनाएको छ ।