काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधान गर्न बनेको कार्यदलले आज शनिवार पार्टी अध्यक्षद्धयलाई प्रतिवेदन बुझाएको छ ।
कार्यदलले बालुवाटारमा बैठक बस्दै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको एक सदस्यले बताए ।
नेकपामा पछिल्लो दुई महिनामा विवाद बढेपछि नेताहरुबीच आरोप प्रत्यारोपमात्र होइन पार्टी नै विभाजन हुन्छ कि भन्ने अवस्थामा पुगको थियो ।
नेकपाको १० असारबाट जारी स्थायी कमिटी बैठक विवादका कारण स्थगित हुँदै आएको छ ।
नेकपामा जारी विवाद समाधान गर्न गत शुक्रबार अध्यक्षद्धयले महासचिव विष्णु पौडेलको संयोजकत्वमा भिम रावल, जनार्दन शर्मा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र पम्फा भुसाल सहितको ६ सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलले बुझाएको प्रतिवेदन अनुसार नेकपाको विवाद समाधान हुनेमा नेता कार्यकर्ताहरु आशावादी रहेका छन् ।