संसारकै प्रतिष्ठित फिल्म फेस्टिभलध्ये पर्ने चीनको ‘बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिभल’ शनिबारदेखि सुरु भएको छ ।
चीनको राजधानी बेइजिङमा सुरु भएको फेस्टिभलको यो दशौं संस्करण हो । फेस्टिभल ह्वाइरो जिल्लाको याङकी लेक इन्टरनेशनल एक्जिविशन सेन्टरको अडोटोरियममा आयोजना गरिएको हो ।
‘बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिभल’लाई ‘चाइनिज मिडिया ग्रुप’ र बेइजिङ नगर जनसरकारको संयोजनमा हुँदै आएको छ । यस वर्ष फेस्टिभल ‘सपनालाई पूरा पार्न अथक प्रयास गरौं’ भन्ने नाराका साथ हुँदैछ ।
कोरोना महामारीका कारण विश्वका थुर्पै फिल्म फेस्टिभलले भौतिक रुपमा कार्यक्रम अनगरी अनलाइन फेस्टिभल गर्ने वा स्थगित गरिरहेको बेला कोरोनाको उद्गम देश चीनमा भने बेइजिङ फेस्टिभल सुरु भएको हो ।
चीनमा कोरोना महामरीपछि बन्द भएका सिनेमा घरहरु खुल्न थालेको छ । यो फेस्टिफलसँगै अधिकांश सिनेमा खुल्ने क्रममा रहेको जनाएको छ ।
फेस्टिभलको चाइनिज मिडिया ग्रुपका उप-निर्देशक येन स्याउ मिङले उद्घाटना गर्दै सफलताको लागि शुभकामना व्यक्त गरेका छन् ।